गुल्मी–शुक्रवार साँझ गुल्मीको सदरमुकाम तम्घासमा एक ट्राफिक प्रहरीले चालकमाथि हातपात गरेको आरोप लागेको छ । लु ३३ प ५३९९ नम्बरको मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४ अर्खलेका ३२ वर्षीय रेमलाल बस्याललाई तम्घासको मिलनचोकस्थित सडकमा ट्राफिक प्रहरीले कुटपित गरेको आरोप लागेको हो ।

कुटपिटमा ट्राफिक प्रहरी जवान शिवलाल जिसी संलग्न रहेको बताइएको छ । वस्याल दुई महिनाअघि मात्र पत्थरीको अप्रेशन गरेर बसेका विरामी थिए । उनी तम्घासको लाँकुरीमञ्चस्थित पसलबाट उक्त मोटरसाईकलमा चढेर अर्खलेस्थित घरमा जाँदै गरेको अवस्थामा मिलनचोक सडकमा खेल्दै गरेकी एक बालिकालाई उनको मोटरसाइकलले सामान्य ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रत्यक्षदर्शीका अनुसार वस्यालले ती वालिकालाई समातेर अस्पतालतर्फ लैजान लाग्दै गरेको बेला एक्कासी आएका ट्राफिक प्रहरी जवान जिसीले वस्याललाई हातपात गरेका थिए ।

अहिले ट्राफिक प्रहरी जवान वस्याललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले बताए । रातो पाटि बाट साभार