दैलेख । दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६५ वटा भूकम्पका झट्का:

काठमाडौं उपत्यका सहित देशभर शनिबार ६५ वटा भूकम्प गएको छ । बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि पछिल्लोपटक बेलुका ६ बजेर एक मिनेटसम्ममा देशका विभिन्न भागमा २० वटा र त्यसपछि अन्य झट्का महसुसु गरिएको हो । यो अवधिमा तीन वटा भूकम्प नेपाल र चीनको सीमा क्षेत्रमा गएका हुन् भने अरु १७ वटा भूकम्प नेपालकै विभिन्न क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्प सम्बन्धी जानकारी दिने युरोपियन मेडिमेरेनियन सेस्मोलोजिकल सेन्टरले जनाएको छ ।

शनिबार साढे चार घण्टाको अवधिमा गएका भूकम्पको विवरण बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल दिउँसो १२ बजेर २३ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल दिउँसो १२ बजेर ४१ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केल (चीन नेपालको सीमाना)

दिउँसो १२ बजेर ४५ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केल दिउँसो १२ बजेर ५३ मिनेटमा ५ दशमलव १ रेक्टर स्केल दिउँसो १२ बजेर ५८ मिनेटमा ५ रेक्टर स्केल दिउँसो १ बजेर १६ मिनेटमा ५ रेक्टर स्केल (चीन र नेपालको सीमाना)

दिउँसो १ बजेर २४ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केल दिउँसो १ बजेर ३२ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल दिउँसो १ बजेर ५० मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल दिउँसो २ बजेर एक मिनेटमा ५ रेक्टर स्केल दिउँसो २ बजेर पाँच मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल दिउँसो २ बजेर १४ मिनेटमा ५ रेक्टर स्केल दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल दिउँसो ३ बजेर तीन मिनेटमा ४ दशमलव ९ रेक्टर स्केल दिउँसो ३ बजेर ३० मिनेटमा ५ रेक्टर स्केल दिउँसो ४ बजेर आठ मिनेटमा ४ दशमलव २ रेक्टर स्केल दिउँसो ४ बजेर २५ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केल दिउँसो ४ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केल बेलुका ६ बजेर एक मिनेटमा ४ दशमलव २ रेक्टर स्केल (चीन र नेपालको सीमाना)

यसपछि पनि गएराती दर्जनौं बढी अन्य भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालमा अहिलेसम्म गएका भूकम्पहरु

वि.सं. १३१० सालमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प जाँदा तत्कालिन राजा अभय मल्लसहित काठमाडौं उपत्यकाका एक तिहाईको मृत्यु ।

वि.सं. १३१६ मा काठमाडौंका अधिकांश घर र मन्दिर नष्ट । केहीको मृत्यु । भूकम्पपछि महामारी फैलिएको ।

वि.सं. १४३६ मा भूकम्प जाँदा रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त । कैयौं सम्पदा र घरहरु नष्ट ।

वि.सं. १७३७ मा गएको भूकम्पमा परी काठमाडौंका अधिकांश घर ध्वस्त । धेरैको मृत्यु ।

सन् १७६७ को जुलाईमा एकैदिन २१ पटक भूकम्पको झट्का महसुस । क्षतिको यकिन विवरण नभेटिएको ।

वि.सं. १८६६ र १८८० मा पनि ठूलो भूकम्प । क्षतिको विवरण कहिँकतै नभेटिएको ।

वि.सं. १८९० मा एकैदिन दुईवटा ठूलाठूला भूकम्प । १८ हजारभन्दा बढी घर ध्वस्त । धरहरा समेत भत्किएको ।

वि.सं. १८९१ मा भूकम्पछि बाग्मतीमा बाढी आउँदा ठूलो धनजनको क्षति ।

वि.सं. १९९० मा समभवत अहिलेसम्मकै सबैभन्दा ठूलो महाभूकम्प । देशभर गरी ८ हजार ५ सय ९१ जनाको मृत्यु । ८० हजार घर पूर्णरुपमा क्षतिग्रस्त । १ लाख २६ हजार घरमा आंशिक क्षति ।

वि.सं. २०३१ सालमा गएको भूकम्पमा परी नुवाकोटमा एकजनाको मृत्यु ।

वि.सं. २०३७ सालमा सूदुरपश्चिममा गएको भूकम्पमा परी १ सय २५ जनाको मृत्यु । २ सय ४८ घाईते । ११ हजार ६ सय ४ घर ध्वस्त । १३ हजार ४ सय १३ घरमा आंशिक क्षति ।

वि.सं. २०४५ साल भदौमा उदयपुरलाई केन्द्र मानेर गएको भूकम्पमा ७ सय २१ को मृत्यु । ६ हजार ५ सय ५५ घाईते । पूर्वी नेपालका २२ जिल्ला नराम्ररी प्रभावित ।

वि.सं. २०५० सालमा मध्य तथा पश्चिम क्षेत्रमा आएको भूकम्पमा १ को मृत्यु, ११ घाईते, करिब ६ सय घरमा क्षति । तत्कालिन ५ करोडको क्षति ।

वि.सं. २०५१ मा मध्यपश्चिममा गएको भूकम्पमा १२ घाईते । ८४ हजार २ सय ८७ घरमा क्षति ।

वि.सं. २०५२ मा दैलेखमा १८ घाईते । ४ घरमा आंशिक क्षति । वि.सं. २०५४ मा गएको भूकम्पमा १ जना घाईते, १ हजार ४ सय ८९ प्रभावित । साढे ५ करोडको क्षति ।

वि.सं. २०५८ मा गएको भूकम्पमा मध्य तथा पश्चिम क्षेत्रमा २ को मृत्यु । ३ घर नष्ट । डेढ करोडको क्षति ।

वि.सं. २०५९ मा महोत्तरीमा पनि भूकम्प । मध्य नेपालका ४९ जना घाईते । त्यति बेलै गएको भूकम्पमा स्याङ्गजामा १ जनाको मृत्यु, २ जना घाईते ।

वि.सं. २०६८ असोज १ मा गएको भूकम्पमा ५ को मृत्यु । २७ जना घाईते ।

वि.सं. २०७१ सालका विभिन्न महिनाहरुमा पनि भूकम्प । केही क्षति ।

वि.सं. २०७२ साल बैशाख १२ गते ७.६ रेक्टर स्केलको महाभूकम्प । एकैदिन २५ भन्दा बढी झट्का । हजारौंको मृत्यु ।