काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच आज संसद् भवनमा भेटघाट भएको छ।

उनीहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि  अनुरोध गरेका छन्।