दमक/झापाको कन्काइपुल नजिकै शंकाश्पद बिस्फोटक पदार्थ फेला परेपछि आवतजावत ठप्प रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब १ घण्टा अघि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुगे पनि अहिलेसम्म डिस्पोज भने हुन सकेको छैन ।

सावधानी अपनाएर सुरक्षित स्थलमा लगेर डिस्पोज गर्नु पर्ने भएकाले समय लागेको बताइन्छ ।

पुल नजिक भएकाले पुलमा पनि असर पुग्न सक्ने भएकाले झनै सावधानी अपनाईएको श्रोतको भनाइ छ ।

प्रेसरकुकुरलाइ प्लाष्टिकको बोरामा हालेर तार देखिन गरेको राखेको स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

बिहान ६ बजेदेखि नै प्रहरीले त्यसलाइ घेरा हालेर ओहोरदोहोरमा रोक लगाएको थियो ।