काठमाडौँ । आजदेखि कक्षा ११ परीक्षा सुरु भएको छ। यस वर्षको कक्षा ११ परीक्षा बिहान ७ बजेबाट परिक्षा सुरु भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएको बताइएको छ ।परीक्षाको समयमा मोबाईल लान नपाइने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना सहभागी छन् ।
भने काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन्।आज देशभर ११०७ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।











