काठमाडौं। प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर भिजिट लुम्बिनी २०१९–२० ब्यानर सहित अंग्रेजी दैनिक दि राइजिंग नेपालमा यही वैशाख २६ गते प्रकाशित सामग्रीमा २६३८ बुद्ध जयन्तीको अवसरमा भनी उल्लेख गरिएको विषयमा अभियानको ध्यान आकृस्ट भएको जनाएको छ ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका संयोजक रामकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रदेश पाँचको सरकारको निर्णयको विरोध गरेका हुन् ।
‘परंपरागत रुपमा मनाइने गरिएकोलाई मान्दा यो वर्ष २५६३औँ बुद्ध जयन्ती मनाइनु पर्ने हुन्छ र कतै कतै २६०८ र २६४३ औं संख्याहरु पनि देख्न सकिन्छ वुद्ध जयन्तीको सन्दर्भमा । पहिलो बुद्धको महापरिनिर्माण, दोश्रो वुद्धत्व प्राप्ती र तेश्रो जन्मसंग सम्बन्धित छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यी सबै संख्या सही छन, केबल आधार के भन्ने मात्रै फरक हो । वुद्धको जन्मस्थल विषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले केही बर्षदेखि वुद्धको जन्म नेपाल भएका कारण वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गरिन्थ्यो ।’
‘यो वर्ष २६४३ औं बुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विश्वव्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो’, श्रेष्ठले भनेका छन्, ‘पोस्टरबाट यो स्पस्ट हुन्छ र यही भ्रम नहोस भन्नाका खातिर हामीले बिगत केही बर्षदेखि यो किसिमको पोस्टर पोस्टिङ् गर्न शुरु गरेका हौं ।’
‘युनेस्कोको आर्थिक सहयोगमा विस्व स्तरीय पुरातत्वबिद प्रो रविन कनिंघामले नेतृत्व गर्नु भएको समूहले लुम्बिनीमा अत्याधुनिक प्रबिधिका आधारमा गरेको अनुसन्धानले वुद्धलाई हामीले जुन समयमा जन्मनु भएको भनी मानी आएका हौं त्योभन्दा केही सय वर्षअघि जन्मनु भएको हुनुपर्ने भनी निस्कर्ष निकालेको छ र यस्लाई थुप्रै अन्तर्राष्ट्रिय पत्रिकाहरुले उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘न्यासनल जियोग्राफी जस्तो विस्वस्तरीय छबी भएको संस्थाले त यस्को डकुमेण्ट्री नै बनाएको छ ।’
‘प्रदेश पाँच सरकारले २६३८ बुद्ध जयन्तीको उपलक्षमा २६३९ औं बुद्ध जयन्तीसम्म भ्रमण बर्ष मनाइने कुरा जसरी समाचारमा ल्यायो, माथिका चारवटै संख्यासंग कहीं कतै मेल खाँदैन’, संयोजक श्रेष्ठले भनेका छन्, ‘राष्ट्र संघको नियमित क्यालेण्डरमा समेत पारिने गरिएको विस्वस्तरीय मान्यता प्राप्त यस्तो दिवसलाई प्रदेश सरकार स्तरको आधिकारिक समाचार प्रकाशित गरिंदा उपयुक्त कुनै पनि दृष्टिकोणसंग मेल नै नखाने यस किसिमको भ्रामक समाचार आउनु दुस्खद हो र यस्तो गंभिर बिषयलाई यसरी हल्का रुपमा नल्याउन र गल्तीलाई सच्यान अभियान हार्दिक अनुरोध गर्दछ ।’











