काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ ।
पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको हो ।
ब प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ ।
अध्यक्ष ओली भियतनाम र कम्बोडियाको भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटव्युरो गठन र जनवर्र्गीय संगठन एकीकरण टुंगो लगाउने बारेमा छलफल भइरहेको एक नेताले बताए । केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव हुनेछ ।
अध्यक्ष ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव जाने सम्भावना रहेको महासचिव विष्णु पौडेलले बताउनुभयो ।
]










