झापा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्किृय पारेको छ । सुजित बुढाथोकीको नेतृत्वमा चारआली ब्यारेकबाट गएको नेपाली सेनाकोे बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।
बमका कारण ठप्प भएको पुर्पश्चिम राजमार्गको सवारी आवतजावत पनि खुलेको छ । विहान ५ बजे पुलमा बम रहेको सार्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गोर्खा नेपाल जनुमक्ति मोर्चाको पम्लेट भेटिएको प्रहरीले जनाएको छ ।
सुगौली सन्धि मार्फ नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ।











