काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।आज पश्चिमी वायुको प्रभावले देशभर बदली रही मेघगर्जन र हावाहुरीसहित पानि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै आज हिमाली क्षेत्रमा बेलुका हल्का हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।सामान्य हिमपात पर्ने हुनाले आरोहणमा जानेहरु सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।
हिजो पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित पानि परेको थियो । मौसमविदका अनुसार पानी परेपछी देशभरको तापक्रम केही कम हुने बताइएको छ ।मौसमविद्हरुले जनाए अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन सहित पानि पर्ने बताइएको छ ।










