काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनामबाट कम्बोडिया प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्री ओली भियतनामको ५ दिने भ्रमण सकेर सोमबार बिहान कम्बोडियातर्फ लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली समकक्षी न्गुएन सुआन फुकको निमन्त्रणामा वैशाख २६ गते भियतनाम जानु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो ।