३ चैत । गत बिहीबार एक नेपालीको मृत्यु हुनेगरी आनन्द बजारमा भारतीय सुरक्षाकर्मीसँग झडप हुँदा नेपाल प्रहरीका सहायक निरीक्षक माधव भट्टको ७ राउण्ड गोली लोडेड पेस्तोल समेत भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोलसमेत लुटेर लगेको  बताए। ‘भारतीय सुरक्षा अधिकारीसँगको बैठकमा पेस्तोल लुटिएकोले खोजवीन गरी फिर्ता दिन कुरा राखिसकेका छौं’, उनले भने, ‘लुटिएको पेस्तोल फिर्ता आउनेमा आशावादी छौं।’

‘भारतीय पक्षबाट हानेको इँटा लागेर असई भट्ट ढलेका थिए। त्यही बेला उनको कम्मरमा राखेको पेस्तोल लुटिएको छ’, उनले भने, ‘भिडबीच पेस्तोल भारतीय सुरक्षाकर्मी वा भारतीय नागरिक कसले लगेको भन्ने यकिन हुन सकेको छैन।’ भारतीय सुरक्षा अधिकारीलाई लुटेर लगेको पेस्तोल फिर्ता गर्न नेपाली पक्षले औपचारिक आग्रह गरिसकेको उनले बताए।

‘भारतीय सुरक्षा अधिकारीसँगको बैठकमा पेस्तोल लुटिएकोले खोजवीन गरी फिर्ता दिन कुरा राखिसकेका छौं’, उनले भने, ‘लुटिएको पेस्तोल फिर्ता आउनेमा आशावादी छौं।’ कल्भर्ट निर्माणको विषयलाई लिएर भातीय सशस्त्र सीमा सुरक्षा बललले नेपाली नागरिकमाथि आक्रमण गरेको थियो।

एसएसबीले ७ राउण्ड हवाइफायर गरेपछि ठानेदारले पेस्तोलवाट ४ राउण्ड फायर गरेका थिए। प्रत्यक्षदर्शी पुनवार्स— ८ का देवेन्द्र खड्काका अनुसार ठानेदारको चौथो गोली गोविन्द गोविन्द गौतमको कम्मरमा लागेको थियो। पछि उनको मृत्यु भयो। खबर आजको नागरिक दैनिकमा छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah