काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सिक्री चोरीको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठलाई निलम्बन गरेको छ।

केही दिनअघि बौद्ध जोरपाटी सडक मर्मत गर्न माग गर्दै भएको प्रर्दशनमा प्रर्दशनकारीको सिक्री चोरीको आरोपमा श्रेष्ठलाई निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई परिसरले आइतबार निलम्बन गरेको हो। उनलाई परिसर तानेर अनुसन्धान सुरु गरिएको छ।

प्रर्दशनकारीको भुइँमा खसेको सिक्री उनले दिनुको सट्टा लुकाएर राखेको प्रहरीले जनाएको छ।नेपाललाइभ