काठमाडौं । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलहरुले इजलास गठनप्रति आपत्ति जनाएपछि बिहीबारका लागि तोकिएको अन्तिम सुनुवाइ रोकिएको छ।
आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न इजलाश गठन भएपछि निष्पक्ष निर्णय हुनेमा प्रश्न उठाउँदै विपक्षी वकिलहरुले सुनुवाइ गर्न नमिल्ने बताएपछि सुनुवाइ स्थागित भएको हो।

प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी संलग्न इजलाश गठन गरेकी थिइन्। केसी यसअघि अन्तरिम आदेशमा संलग्न न्यायाधीश हुन्। अन्तरिम आदेश दिँदा संलग्न न्यायाधीश अन्तिम सुनुवाइ गर्दा निष्पक्षतामा प्रश्न उठ्ने विपक्षीका वकिलहरुले आशंका गरेपछि सुनुवाइ स्थगित भएको हो।

विपक्षीका कानुन व्यवसायी पूर्व महान्याधिवक्ता सुशीलकुमार पन्त र महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ लगायतले न्यायाधिश केसीलाई मुद्दा नहेर्न इजलाशमा आग्रह गरेका थिए । यसअघि अन्तरिम आदेशमा धारणा आइसकेकोले उही न्यायाधीश संलग्न हुँदा निष्पक्षतामा प्रश्न उठ्न सक्ने आशंका गरेपछि स्थगित भएको अन्तिम सुनुवाइको अर्को मिति तोक्न बाँकी छ । आइजीपी प्रकरणमा सर्वोच्चले फैसला नदिदा प्रहरीको चेन अफ कमाण्ड नै बिग्रन सक्ने अधिकारीहरु बताएँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah