काठमाडौं । योगालाई पहिले अध्यात्मिक रुपमा मात्र लिइन्थ्यो। तर विस्तारै आम मानिसहरुमा योगा प्रतिको बुझाई, यसको महत्व, यसप्रतिको दृष्टिकोण फेरिंदै गएको छ। पहिले धार्मिक गुरुहरुले मात्र अवलम्बन गर्ने योगा अहिले सबै मानिसको साझा बनेको छ।
योगाले व्यक्तिलाई मानसिक र शारीरिक दुवै स्वास्थ्य प्रदान गर्छ। योगाका विभिन्न प्रकार हुन्छन् । ती विभिन्न प्रकार तथा आसनका छुट्टाछुट्टै महत्व हुन्छन्। केहीले मानसिक स्वास्थ्यलाई फाइदा गर्छन्, केही मोटोपन घटाउन उपयोगी हुन्छन्, केही स्फूर्ती प्रदान गर्ने हुन्छन्, त केहीले विभिन्न रोग-व्याधीबाट छुटकारा दिन्छन्। त्यसैले पूर्वीय आध्यात्ममा विशेष मानिने योगा पश्चिम जीवनशैलीमा पनि लोकप्रिय भैरहेको छ र योगा अहिले संसारभर नै परिचित छ।
यही बहुउपयोगी योगाको यहाँ मोटोपन कम गर्ने विशेषताको चर्चा गरिएको छ। यस भिडियोमा मोटोपन घटाउनको लागि उपयोगी हुने विभिन्न योगासनहरु देखाइएको छ, जसको नियमित अभ्यास गर्नाले तपाईंले आफ्नो शरीरलाई फिट बनाउन सक्नुहुनेछ।










