दमक/बैगुन्धुरा आयुर्बेद औषधालय गौरादहले जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्र्तगत एक दिने बृहत आयुर्बेदिक स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । गौरादह वडा नं. १ को कार्यालयमा भएको स्वास्थ्य शिबिर नगरपालिकाका प्रमुख रोहितकुमार शाहले उद्घाटन गरेका थिए ।

औषधालयका प्रमुख कविराज निरीक्षक बेदप्रसाद शर्माका अनुसार २ सय ५० भन्दा बढि बिरामीहरुले लाभ लिएकाछन् । बाथ, उच्चरक्तचाप, मधुमेह, पाइल्स, दमक, छालाका बिरामीहरु धेरै आएका थिए । उनिहरुलाइ निशुल्क आयुर्बेदिक औषधि समेत वितरण गरिएको थियो ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शर्मा सहित डा. देबीकुमार गौतम, कविराज निरीक्षक टेकनाथ अर्याल, मानबहादुर बनेम लगायलका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेको जनाईएको छ । नगर उपप्रमुख गीता भेटवाल र प्रमुख प्रशासकीय अधिकृत सागर बिष्ट लगायतले बोलेका थिए ।

औषधालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वाड नं. ९ का वडाध्यक्ष सिताराम भट्टराइको अध्यक्षतमा कार्यक्रम भएको थियो ।