अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् । मंगलबार राति मंगलसेन नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा आगजनी भएको अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० जनक बहादुर शाहीले जनाएका छन् ।

कार्यालयमै राखिएको करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको जिप आगजनी भएको बताइएको छ। आगजनी गर्नेहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी जलेर पुर्ण रुपमा नष्ट भएको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड