काठमाण्डौ । २३ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले नयाँ कीर्तिमान बनाएका छन् ।सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले २३ औं पटक सगरमाथा आरोहण गरेर का हुन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुगेका हुन् ।

उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।कामिरिता शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड