काठमाडौँ । प्रेम जति नै गहिरो किन नहोस् कुनै पनि जोडी हरबखत प्रेममा डुबेर बस्दैनन् । उनीहरुलाई आफ्नो जिम्मवारी पनि निभाउनु पर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । जिन्दगीको उतारचढाव सहनुपर्छ । यस्तो परिस्थितिमा श्रीमान–श्रीमतीसँगै भएर पनि प्रेम महसुस गर्दैनन् । सँगै भएर पनि टाढा हुन्छन् ।
यदि आफ्नो सम्बन्धमा खुशी हुन चाहनुहुन्छ भने केहि साधारण कुरामा पनि आफ्नो बैवाहिक सम्बन्धको खुशी र प्रेमले भरिपुर्ण बनाएर राख्न सक्नुहुन्छ ।
बैवाहिक सम्बन्धलाई स्वस्थ, खुशि र सुखी बनाउन धेरै प्रयत्न पनि गर्नु पर्दैन । बस स–सानो कुरामा ध्यान दिए पुग्छ । थोरै कोसिस गरेमा तपाईको बैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।
श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने :
१. श्रीमानलाई माया गरेर बोलाउने । २.श्रीमानको घरको नराम्रो कुरा नगर्ने । ३.अन्य पुरुषसँग तुलना नगर्ने । ४.श्रीमानको प्रशंसा गर्न नबिर्सने । ५.बाहिर जाँदा कँहा जान लागेको भनेर जानकारी दिने । ६.आफु जति नै व्यस्त भए पनि फोन गर्न नर्बिसने । ७. मिठो खाना पकाउने कोशिस गर्ने र प्रशंसा गर्न नबिर्सने । ८.बिगतको कुरा पटक पटक दोहोयाएर तनाव नदिने । ९. हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने । १०.श्रीमानलाई सम्मान गर्ने । ११.सबैकुरा श्रीमानलाई सुनाउने कुनै कुरा नढाट्ने । १२.बिहान बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गर्ने । १३.सत्य बोल्ने, नर्झकने । १४. समय मिलाएर घुम्न जाने । १५.अफिसबाट आउने वित्तिकै काम अहाउने र कराउने नगर्ने । १६. श्रीमानकोे साथीहरुको सम्मान गर्ने । परिवार साथीहरुमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने । १७. कहिलेकाही श्रीमानलाई सरप्राइज दिने । १८.कतै हिड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।










