इनर्जी लेभल बढाउनुको साथै केरामा भिटामिन, आइरन र फाइबर पाईन्छ । एनर्जीले भरिपूर्ण हुनुको कारण एथलीट प्रतिदिन केराको सेवन अवश्य गर्दछन् । त्यसैगरि केही मानिसहरूमा गलत धरणा रहेको हुन्छ कि केराको सेवनले मानिस मोटो हुन्छ । केराको सेवनको साथै वर्कआउट गर्न आवश्यक हुन्छ । यदि तपाई वर्कआउट कम र केराको सेवन निश्चित मात्रा भन्दा अधिक गर्नुहुन्छ भने तपाईको शरीरमा बोसो बढ्न सक्छ ।
१-डिप्रेशनबाट छुटकारा – कयौँ रिसर्चका अनुसार, केराको सेवन डिप्रेशन रोगीहरूलाई आराम दिलाउन मद्दतगार हुन्छ । केरामा यस्ता प्रोटीन पाईन्छ, जसले तपाईलाई आराम महसूस गराउँछ । यहि कारण हो कि डिप्रेशनको रोगीहरूले जब केराको सेवन गर्छन् तब उनीहरूलाई आराम महसूस हुन्छ । यसको साथै केरामा पाइने भिटामिन बी 6 शरीरमा ब्लड ग्लुकोजको लेभल ठीक राख्छ ।
२-आइरन – एनिमिया अर्थात् शरीरमा हीमोग्लोबिनको कमी हुनु हो । यदि तपाई एनिमियाको शिकार हुनुहुन्छ भने केराको अवश्य सेवन गर्नुपर्दछ । केराको सेवनले शरीरमा आइरनको कमी बिस्तारै-बिस्तारै कम हुन्छ र एनिमियाको समस्यामा पनि सुधार हुन्छ ।
३-कब्जियत – नियमित १ केराको सेवनले पेटमा हुने कब्जियतको समस्याबाट आराम दिलाउँछ । तपाई दूधको साथ केराको सेवन प्रतिदिन राति सुत्नुअघि गर्नुहोस् । यसो गर्दा पेटमा हुने कब्जियत र ग्यास्ट्रिकको समस्याबाट आराम मिल्छ ।४-शक्ति बढाउँछ – केराको सेवनले शरीरमा रगतको मात्रा बढाएर शरीरमा शक्ति बढाउँछ । प्रतिदिन केरा र दूधको सेवन गर्नाले व्यक्ति केही दिनमै तन्दुरुस्त हुन्छ ।
५-सुख्खा खोकीको समस्याबाट आराम – यदि तपाईलाई या बच्चालाई सुख्खा खोकी या पुरानो खोकीको समस्या छ भने केराको शर्बत बनाएर पिउँदा आराम मिल्छ । केराको शर्बत बनाउनको लागि केरालाई मिक्सरमा राम्रोसँग फिट्नुहोस् । अब यसमा दूध र सेतो इलायची मिलाएर पिउनुहोस् ।
६-पाचन प्रणाली दुरुस्त रहन्छ – केरामा पाईने फाइबरले पाचन प्रणाली दुरुस्त राख्छ । पाचन प्रणाली दुरुस्त रहनुको परिणाम यो हुन्छ कि तपाई थुप्रै रोगहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाई पनि दिनहुँ केराको सेवन गर्नुहुन्छ भने पाचन प्रणाली दुरुस्त रहन्छ ।
७-लूज मोशनका लागि फाइदाजनक – यदि लूज मोशनको समस्या भएमा पाकेको केरालाई फिट्नुहोस् । अब यसमा केही दाना मिश्री मिलाएर दिनमा दुई-तीन पटक सेवन गर्नुहोस् । यसो गर्दा लूज मोशनको समस्याबाट आराम मिल्छ ।
८-रगत पातलो गर्न सहायक – केराको सेवनले रगत पातलो गरी धमनीमा रक्तसंचार दुरुस्त गर्छ । केरामा पाइने म्याग्नेशियम शरीरमा गई रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्छ । कोलेस्ट्रोलको मात्रा कम हुँदा धमनीमा रक्तसंचार दुरुस्त रहन्छ ।



