दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्षमा पराजित भएपनि उनले सोहि दिन नव निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाइ अनेरास्वबियूको् तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सन्तोष दूलालले बधाइ दिए । उनले फरी बिहिबार स्वबियूको पदास्थापनपर्छ उनले सबैलाइ बधाइ सहित कार्याकालको शुभकामना ब्यक्त गरेर एउटा असल राजनीतिक संस्कार भएको ब्याक्तिको रुपमा चित्रित गरेकाछन् । उनको फेसबुक स्टाटस यस्तो छ

अबको शैक्षिक आन्दोलन र समग्र बिद्यार्थी हकहित स्थापित गर्नका लागि लामो समयसम्मको बहस र निरन्तरको संघर्षले पुनश्च बिद्यार्थीको आधिकारिक र बैधानिक फोरम "स्ववियु" को निर्वाचन सम्पन्न भइ देशका अधिकाङ्ग्स क्याम्पसमा उत्साह छाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक बहुमुखि क्याम्पसले नव निर्वाचित स्ववियु पदाधिकारी,सदस्यहरुलाइ सफत ग्रहण गरि पद हस्तान्तरण गरिसकेको यस घडिमा खुसी व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

साथ साथै मेरो संगठन अनेरास्ववियुबाट विजयी हुनुहुने १ सचिव सहित ६ प्रत्यक्ष सदस्य साथिहरुलाइ आफ्नो संगठनको मूल्य मान्यता,बिद्यार्थीहरुको हकहित,संस्थाको उन्नती प्रगती र समग्र शैक्षिक रुपान्तरणको गुरु योजनालाइ महत्वका साथ लिइ बिद्यार्थीले पाउनु पर्ने सुबिधा ,वास्तविक अथवा पाउनै पर्ने बिद्यार्थीले मात्र पाउन सकुन । यो बैधानिक फोरम स्ववियुबाट चल्ने नीति तथा कार्यक्रम राजनितिक भागबन्डाभन्दा टाढा रहन सकोस ।