काठमाडौं । राजधानीको कालोपुलमा बुधबार बेलुका एक युवतीमाथि एसिड आक्रमण भएको छ । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ ।

प्रहरीका अनुसार एसिड आक्रमणपछि घाइते भएकी युवतीको उपचार चावहिलस्थित ओम अस्पतालमा भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । एसिड कसले र किन प्रहार गर्यो भन्ने नखुलेको प्रहरी जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।