काठमाडौं । आज (बिहीबार) देशको पूर्वी र मध्य भु–भाग तथा पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पूर्वी र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
त्सैगरी रातिको देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।










