फेसप्याक भन्नाले अनुहारमा लगाउने लेप भन्ने बुझिन्छ। फेसियल गरी प्याक लगाउन हामी प्रायजसो ब्युटिसियनकहाँ पुग्छौं। तर, यसलाई घरमै बसेर पनि लगाउन सकिन्छ। घरमै लगाउने यस्ता प्याक हामी विभिन्न तरकारी र फलफुलको प्रयोग गरी बनाउँन सक्छौं। फेसप्याक छालाको प्रकार र समस्याअनुसार छनौट गर्नुपर्छ।

 

तरकारी र फलफुल सबै खान हुने वस्तुहरु भएकाले कुनै साइडइफेक्ट गर्दैन। यसलाई साताको दुइ–तीन पटक प्रयोग गर्न सकिन्छ। घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २० मिनेटका लागि त्यसै छाडनुपर्छ र समय भएपछि सादा पानीले धुनुपर्छ।

 

यसका फाइदा : घरमा तयार पारिएका यस्ता होम प्याकबाट कालोपोतो, सुख्खापन, तैलीय र छाला चाउरी पर्ने आदि हटाउन मद्दत गर्छ।

 

केही टिप्स :
१. काँक्रो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि  राम्रो हुन्छ।

 

२. पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ।

 

३. एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ।

 

४. आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो  पानीे धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।

 

५. अण्डाको सेतो भागमा २–४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ ।

 

६. आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३–४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ।

 

७. अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३–४ थोपा कागतीको रस १–४ चम्चा मह,  २–३ चम्चा गहुँको पिठो, २–३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखी धुनुपर्छ।

 

८. अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र  काँक्रो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ।अम्बिका लुईंटेल, ब्युटिसियन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय