काठमाडौँ ।तीते करेला नेपालको हावापानी अनुसार अत्यधिक पाइने तरकारी हो। स्वादमा तीतो हुने हुनाले कहिले तीते करेलालाई आफ्नो थालमा नपरोस भन्ने चाहन्छन्। तर वास्तवमा तीते करेला, स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो।
करेलाले शरीरको रगतलाई सफा बनाउँछ। जसले गर्दा एलर्जी, टाउको दुख्ने आदि समस्या टाढा भगाउँछ र अनुहारलाई पनि सफा बनाउँछ। करेला खानाले पेटको समस्याहरु पनि निको हुन्छ। हानीकारक कोलेस्ट्रोल कम गरिदिने हुनाले मुटुको रोगीहरुको लागि पनि करेला फाइदाजनक स्रोत हो।
करेलामा क्यान्सर रोगबाट बचाउन सक्ने तत्वहरु हुन्छन्। ती सबै तत्व प्राप्त गर्नको लागि दैनिक रुपमा करेला खानु आवश्यक हुन्छ। करेलाको जुस पिउनु अझ उपयुक्त मानिन्छ। मोटोपन कम गर्न चाहने व्यक्तिले करेलाको जुस नियमित रुपमा खानु फाइदाजनक हुन्छ।



