एजेन्सी-फेसबुकले हिंसाको लाइभ र यसको शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ ।

कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् । बीबीसीले बुधबार आफ्नो समाचारमा लेखेको छ–‘जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबुकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ ।