नवलपरासी, ३ जेठ – पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले दाइलाई गोली हानी हत्या गरेका छन् ।

३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादमा हत्या गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते भएका फारुकको उपचारका लागि काठमाण्डु ल्याउने क्रममा मृत्यु भएको हो।

नेशनल मेडिकल कलेजमा उपचार नभएपछि काठमाण्डु ल्याउन लागिएको थियो।

कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली फारुकको दाहिने पाखुरा छेडेर छातीमुनि लागेको थियो ।

सेरामुद्धिनलाई पेस्तोल तथा तीन राउन्ड गोलीसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।