काठमाडौं । ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बोक्ने ना २ ट्याङकरले किच्दा युवतीको मृत्यु भएको छ ।
बा ३७ प ११६६ नम्बरको मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङकरले किचेको हो । २३ वर्षीया सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको टमा सेन्टरमा उपचार भइरहेको छ । ट्याङकर चालक फरार छन् ।
काठमाडौं उपत्यकामा ट्याङकले मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिने र पैदलयात्रुलाई किच्ने क्रम बढन थालेको छ । .ट्याङ्करले यसअघि जोरपाटी, चावहील बालाजु, र कलंकी लगायतका स्थानमा किचेको छ ।










