एजेन्सी | हलिउडका चर्चित अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन्। सुपरहिट हलिउड फिल्म ‘थोर’ मा अभिनय गरेका ४२ वर्षका अभिनेता इसाक क्यापीले पुलबाट राजमार्गमा हामफालेर आत्महत्या गरेका हुन् । अभिनेता इशाकले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट सडकमा हाम्फालेको एस टुडेको एक रिपोर्टले जनाएको छ ।उनले २००९ मा ‘टर्मिनेटर साल्वेसन’ , ‘फ्यानब्वाइज’ र २०११ मा आएको फिल्म ‘थोर’ मा अभिनय गरेका थिए ।

आत्महत्या गर्नु अगाडी उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट गरेका थिए।उनले आफु निकै खराब मानिस रहेको भन्दै सामाजिक संजाल इन्स्टाग्राममा खुलाएका थिए। उनले लेखेका छन्, ‘मैले धेरै मानिसलाई धोका दिए, सधै ड्रग्स लिए र मेरो छवि एउटा खराब मानिसको छ।’उनले आफूलाई सँधै राम्रो मान्छे सोचे पनि राम्रो मान्छे बन्न नसकेको बताएका छन् ।उनले आफूले थुप्रै मानिसलाई धोका दिएको खुलाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड