धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ।

केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ।