दमक/झापाको दमकमा जननेता मदन भण्डारी र जिवराज आश्रीतको २६ औ स्मृति दिवस मनाइएको छ ।
दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा दमक नगर कमिटीले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ७ महिला सहित ७२ जनाले रक्तदान गरेको नगर कमिटी सचिब तीर्थराज बस्नेतले बताए ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राबिधिक सहयोगमा रक्तदान भएको थियो ।
जननेता मदन भण्डारी र जिवराज आश्रीतले प्र्याएको योगदानको बिषयमा सो अवसरमा चर्चा समेत भएको थियो ।
नेकपाका केन्द्रिय सदस्य देबेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठक, प्रदेश सभा सदस्य झलकसिं दलार्मी लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रम नगरकमिटी अध्यक्ष बोधराज घिमिरेको सभापतित्वमा भएको थियो ।











