दमक/साहित्य कला संगम दमकले हरेक महिनाको पहिलो शुक्रबार सिर्जनशील रचना वाचन कार्यक्रमलाइ निरन्तरता दिएको छ । कार्यक्रम प्रभावकारी हुँदै गएपछि साहित्यकारहरु यस कार्यक्रमप्रति आकर्षित हुँदै आएकाछन् ।

शुक्रबार मेची सहकारी संस्थाको सभाकक्षमा कुन्ता शर्माको कविता संग्रह मेरो मान्छे माथि चर्चा परिचर्चा गर्दै बिभिन्न स्थापित तथा नवोदित साहित्यकारहरुले आफ्नो रचना वाचन गरेकाथिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थाका अध्यक्ष नरपति पाण्डेका अनुसार दमकलाइ साहित्यको केन्द्र बनाउने आफुहरुको प्रयास रहदै आएको छ । यसै अन्र्तगतको यो कार्यक्रम भएको पनि उनले जनाए ।

प्रा.भीम खतिवडाले दमकमा साहित्यको विकासमा साहित्यकला संगमले खेलेको भूमिका र यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा खुसि प्रकट गरे । उनले यस कार्यको निरन्तरताको पनि कामना गरे ।

संस्थाका उपाध्यक्ष विष्णु न्यौपानेका अनुसार डा.गोपाल भण्डारी, दमक नपा उपप्रमुख गीता अधिकारी, दमक क्याम्पस प्रमुख उत्तम भट्टराई, कवि प्रकाश बुढाथोकी , नेत्र दाहालकोे पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा समालोचक तथा कवि मिश्र वैजयन्ती र साहित्यकार दीपक सुवेदीले मेरो मान्छे कविता संग्रहको चर्चा गरेको कार्यक्रममा हरि पराजुली , विवस बलिभद्र कोइराला, सुन्दर कुरुप, विन्दु दाहाल , झाँक्रीखोले, कुन्ता शर्मा, भीम खतिवडाले रचना बाचन गरे ।

यसैगरी राजकुमार सुब्बा अनिश्चित, सञ्चु निरौला, घनश्याम पथिक, अम्बिकाप्रसाद सापकोटा , ओमप्रकाश गौतम, भरत गुरागाईँ, यज्ञ परिश्रमी , विराट किराँती , विष्णु न्यौपाने लगायतले कविताहरु सुनाए ।