एजेन्सी | चर्चित बलिउड अभिनेत्रि आलिया भट्ट नेपाल आँउने भएकी छन् ।उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । अरुणिमा सिंहाको बायोपिकका लागि नायिका आलिया भट्ट सगरमाथा चढ्न नेपाल आँउने भएकी हुन्। उनले सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा काम गर्ने भएकी हुन् ।

चोरहरूले गुडिरहेको रेलबाट फ्याँकेपछि देब्रे खुट्टा गुमाएकी सिंहले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकि थिइन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा आलिया भट्टले आफ्नो जीवन संघर्ष उतारेकी छिन् ।‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताब अहिले नायिका आलिया भट्टले पढिरहेकी पनि छिन् ।यस फिल्मलाइ लिएर आलिया सकरात्मक छिन् । फिल्मको छायांकन २०२० मा गरिने बताइएको छ ।