सडक बिचमा कहिले कुकुर त कहिले बिरालो मरिरहेको हुन्छ । कसैले थुक्दै त कतिले त्यहिमाथिक कुल्चदै हिड्ने गर्छन् । अझ ठूला सवारी साधन कुदाउनेले त त्यसको वास्ता नै नगरि किचिमिच मात्रै त्यहि माथि कुदाउछन् । तर झापा दमकका सवारी चालक तथा जीबनचक्र नेपालका अध्यक्ष गणेश गौतम भने त्यस्तो देखेभने पहिला पन्छाउछन् अनि मात्र अघि बढ्छन् । उनले यो अभियान थालेको करिब २ बर्ष पुगेको बताईएको छ । अहिलेसम्म पूर्वका बिभिन्न ठाँउमा आफूले सडकमा अलपत्र अवस्थामा रहेका मृत कूकूर, बिरालो लगायतका बस्तुहरु ७० भन्दा बढि हटाइसकेकाछन् । उनको यो कामको प्रशंशा गर्दै हामी सबैले उनिबाट केहि सिक्ने की ?