झापा । झापाको बिर्तामोड नगरपालिका ७ वाह्रघरेमा सात वटा जङ्गली हात्तीले नगदे तथा खाद्यन्य बालीमा क्षति पुर्याएको छ । शुक्रवार राति ९ बजे गाउँमा प्रवेश गरेका जङ्गली हात्तीले रातभर गाउँमा उत्पात मच्याएको थियो ।
हात्तीले स्थानीय घनश्याम नेपालको एक कट्ठाको धानवाली पुर्णरुपमा नष्ट गरेको छ, भने गङ्गाराम लुइँटेल र श्याम बरालको केराबारी नष्ट गरेको छ । हात्तीलाई डिभिजन वन कार्यालय झापाका वन रक्षकले साइ रन र सवारीको प्रयोग गरेर वन तर्फ खेदाएका थिए ।











