कानेपोखरी । ठेक्का लागेको आठ वर्षपछि मोरङको कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्न शुरु भएको छ । रङ्गेली नगरपालिका ९,फार्साडाँगी चोकबाट उत्तर–पूर्वपश्चिम राजमार्ग जोड्ने कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर पहिलो पटक कालोपत्रे गर्न लागिएको हो । हाल रङ्गेली नगरपालिका–९, फार्साडाँगी चोकबाट उत्तर कालोपत्रे शुरु भएको छ । ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने साइड इञ्र्चाज नरेश खड्काले जानकारी दिएका छन ।

जेठ मसान्तभित्र सो योजना सक्ने योजना रहेको खड्काले बताए । हुलाकी सडक आयोजनाका क्षेत्रीय कार्यालयका अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कञ्चनजङ्घा कन्स्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएको छ । तर कम्पनीले समयमै काम नसक्ने भएको छ । बाँकी दक्षिण फार्साडाँगीदेखि रङ्गेलीसम्म लगभग ९ किलोमिटर कालोपत्रे सडक यो बर्ष पुरा नहुने देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि. चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता गरेको थियो तर उक्त कम्पनी १८ महिनापछि सडकको काम छाडेर भागेपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी लामा, डाँफे द कञ्चनजङ्घा कन्सट्रक्सन कम्पनीले सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो । भारतीय कम्पनीले सडक निर्माण गर्न नसके पछि नेपाली कम्पनीले पाए पनि अनुगमनको अधिकार भने भारतीयको नै रहेको छ । पुर्बेली न्यूज बाट साभार