बुटवल- प्रदेश नम्बर पाँचमा मुख्यमन्त्री शंकर पोखरेल शनिवार सार्वजनिक गाडीमा चढेर लुम्बिनी गएका छन् ।

भिजन लुम्बिनीले सञ्चालनमा ल्याएकामा स्तरीय बसको बुटवलमा उद्घाटन गर्दै पोखरेल २५६३ औं बुद्ध जयन्तीमा सहभागी हुन सोही गाडी चढेर लुम्बिनी पुगेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखरेलसँगै उनकी पत्नी अथवा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य र प्रदेशका सांसदहरू सोही बसमा चढेर लुम्बिनी गएका हुन् । भिजन लुम्बिनीले लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा पारेर बुटवल, बेलहिया, लुम्बिनी र सेमलार रुटमा चलाउने गरी १० वटा स्तरीय नगर बस भित्राएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ गरेका थिए । ५२ सिटको क्षमताका छन् भने सीसीटीभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटक मैत्री सेवाका रूपमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यातायातको महत्त्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज विश्वास समेत व्यक्त गरे ।

बुटवल–बेलहिया छ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गरिएको हो । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने संरक्षक संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनकूलित एसी बसहरू सञ्चालनमा ल्याएको हो । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नयाँ गाडीहरूले सेवा दिनेछन् ।

'बुटवल-भैरहवामा हिँड्ने यात्रु पनि अबदेखि सहज यात्रा गर्न पाउनेछन्, माइक्रोमा कोचाकोच हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने । १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी सञ्चालनमा ल्याएको हो । लोकान्तर बाट साभार