दमक/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सुरक्षाकर्मीहरुले नेपालीमाथि बारम्बार दूब्र्यवहार र आक्रमण गरिरहेको बताउदै यस बिषयमा भारतसरकारले क्षमायाचना माग्नु पर्ने बताएकाछन् । ओलीले पार्टीको तर्फबाट शुक्रबार बिज्ञप्ति निकाल्दै भनेकाछन्–‘ यसै पृष्ठभूमिमा हालै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (क्क्द्य) का जवानहरूले नेपाली भूमिभित्र पसेर गोविन्द गौतमको गोली हानी कायरतापूर्वक हत्या गरेका छन् । नेपाली जनतामाथि दुव्र्यवहार र आक्रमण गरेका छन् । हाम्रो पार्टी नेपाली भूभागमाथिको अतिक्रमणको विरोध र मातृभूमिको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिद गोविन्द गौतमप्रति उच्च सम्मान व्यक्त गर्र्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र नेपाली भूमि अतिक्रमणका विरुद्ध साहसका साथ प्रतिरोध गर्ने आनन्दबजारका बासिन्दाहरूप्रति अभिनन्दन गर्दछ । नेपाली भूमिमाथि हातहतियार सहित प्रवेश गरेर निर्दोष नेपाली युवाको हत्या गर्ने भारतीय पक्षको अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरितको क्रियाकलापको सशक्त प्रतिवाद गर्दै उक्त क्रियाकलाप्रति भारत पक्षलाई क्षमायाचना गराउन र क्षतिपूर्ति दिलाउनुको साटो वर्तमान सरकार बिषयलाई अन्यत्र मोड्ने प्रयाश गरिरहेको छ । हाम्रो पार्टी यस गम्भीर बिषयमा कुटनीतिक माध्यमबाट गंभीर वार्ता गरी भारत पक्षलाई क्षमायाचना गर्न, पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिलाउन तथा अब आइन्दा यस्ता घटना नघट्ने कुराको प्रत्याभूति गराउन सरकारसमक्ष जोडदार माग गर्दछ ।’ ओलीले बर्तमान सरकारका कारण राष्ट्रिय हित विपरित वाह्य शक्तिहरूसँग लम्पसार पर्ने सरकारको नीतिका कारण राष्ट्रिय स्वाभीमान र राष्ट्रिय स्वाधीनता झनै कमजोर बन्दै गएको आरोप समेत लगाएकाछन् । उनले भनेकाछन्–‘वर्तमान सरकार गठनसँगै सत्ता गठबन्धनबाट मुुलुकको स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितहरूमाथि विभिन्न कोणबाट निरन्तर प्रहार जारी छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अगाडि बढ्नु पर्नेमा सरकार विपरित बाटो हिंडिरहेको छ । छिमेकी मित्र राष्ट्रसँग पूर्ववर्ती सरकारले गरेका दीर्घकालीन महत्व र राष्ट्रिय हितका सम्झौताहरूलाई कार्यान्वयन नगर्ने, तिनलाई असफल पार्ने र राष्ट्रिय हित विपरित वाह्य शक्तिहरूसँग लम्पसार पर्ने सरकारको नीतिका कारण राष्ट्रिय स्वाभीमान र राष्ट्रिय स्वाधीनता झनै कमजोर बन्दै गएको छ र नेपालका आन्तरिक मामलाहरूमा वाह्य हस्तक्षेप बढ्दै गएको छ । हाम्रो पार्टी यस्ता प्रवृत्तिहरूको विरोध गर्दछ ।’
राष्ट्रियताको पक्षमा ओलीको चट्टानि अडान भारत र सरकालाइ यसरी दिए दनक
सवाल नेपालसंवाददाताशुक्रबार, २ चैत २०७३

राष्ट्रियताको पक्षमा ओलीको चट्टानि अडान भारत र सरकालाइ यसरी दिए दनक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



