लहान । जङ्गली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वृद्ध माया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । हात्तीले गोलबजार नगरपालिका– १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले बताएको छ ।