घीउको बारेमा आम मानिसको धारणा यही छ कि यसको सेवनले वजन बढ्छ । जबकी आयुर्वेदका अनुसार, घीउमा क्यालोरी अधिक हुन्छ र साथै यसमा हाई सेचुरेटिड फ्याट पनि हुन्छ तर यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । घीउको सेवनले कब्जियतको समस्याबाट छुटकारा मिल्छ र वजन घटाउनमा मद्दत मिल्छ । गाईको घीउमा कोलेस्ट्रोल हुँदैन, जसबाट मोटोपन बढ्ने समस्या रहँदैन । यसको साथै गाईको घीउ स्वास्थ्यका लागि निकै फाइदाजनक रहन्छ । जान्नुहोस्, घीउ खानुको फाइदा-

 

१-घीउको सेवनले पाचन प्रणाली दुरुस्त रहन्छ – घीउमा Butyric acid प्रशस्त मात्रामा पाईन्छ । यसको साथै अतिरिक्त घीउमा सरल रूपमा विघटित हुने सेचुरेटेड फ्याट हुन्छ । घीउ यी तत्वहरूको कारणले वनस्पति घीउ, तेलको तुलनामा सजिलै पाचन हुन्छ । यसले कब्जियतको समस्याबाट आराम दिलाउँछ र शरीरबाट टोक्सिक एलिमेन्ट बाहिर निकाल्छ ।

 

२-वजन कम हुन्छ – घीउमा Conjugated Linoleic acid प्रचुर मात्रामा पाईन्छ । यी तत्व शरीरको वजन कम गर्नका लागि प्रभावकारी मानिन्छ । घीउको सेवनले शरीरमा जमेको फ्याटलाई घटाउन मद्दत गर्छ र मेटाबोलिज्म तीव्र गर्छ । यसकारण यसको सेवन उचित मात्रामा वजन बढाउँदैन बरु कम गर्छ ।

 

३-मुटुको लागि गुणकारी – मुटुको धमनीमा रुकावट हुनाले मुटुको रोग हुन्छ । घीउमा पाईने भिटामिनले मुटुको धमनीमा हुने रुकावटबाट बचाउँछ । घीउको सेवनले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाएर सन्तुलन स्थापित गर्छ ।

 

४-हड्डी बलियो हुन्छ – घीउमा एन्टीक्यान्सर, एन्टी भाइरल गुण हुन्छ । बच्चा, बुढा या जवान सबैको लागि घीउको सेवन फाइदाजनक मानिन्छ । यसमा पाईने भिटामिन र पोषक तत्व हड्डीलाई बलियो बनाउँछ र रोग प्रतिरोधक क्षमता बढाउँछ ।

 

५-हार्मोन सन्तुलन गर्छ – घीउमा भिटामिन A, भिटामिन K2, भिटामिन E जस्ता पोषक तत्व पाईन्छ, जो हार्मोन निर्माण र सन्तुलनको लागि आवश्यक हुन्छ । गर्भवती महिला होस् वा स्तनपान गराउने आमाको लागि घीउको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय