सिरहा – सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा दर्शन गर्न आएका एकजनाको ज्यान गएको छ। ज्यान जानेमा सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी अन्दाजी ४० वर्षीय बालगोपाल यादव रहेका छन् ।

प्रहरीका अनुसार अत्याधिक गर्मीका कारण श्रद्धालुको ज्यान गएको जनाइएको छ ।भिडभाड र गर्मीका कारण बेहोस भएका यादवको उपचार गर्दैगर्दा ज्यान गएको हो । राजदेवी पञ्चावती मन्दिरमा लाखौँ भक्तजन मेला भर्न आएका छन् ।