काठमाडौँ – आज २५६३ औं बुद्ध जयन्ती । २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । हिंसा गर्न हुन्न भन्दै सन्देस छोडेका भगवान गौतम बुद्धको जन्म जयन्ती कै दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।
आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । तर सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा भने आजकै दिन पशुपक्षीको बली चढाइने गरिएको छ । सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको छ । राजदेवी मन्दिरमा आउनेको घुँइचो निकै लाग्ने गरेको छ ।विभिन्न रोग निको हुने , सन्तान प्राप्ति हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउने गरेको बताइएको छ ।











