पाँचथर | हत्या भएको एक हप्ता वित्न लाग्दा पनि पाँचथरको हिलिहाङ ४ की पन्ध्र बर्षीय किशोरी सितल योङहाङको हत्याका मुख्य योजनाकार भनिएका पदम तामाङ पक्राउ पर्न सकेका छैनन् । तामाङका साथी भगिरथ वास्तोलालाई पक्राउ गरेपनि मुख्य हत्याका योजनकार तामाङ भने पक्राउ पर्न सकेका छैनन् ।

मृतकका आफन्तले हत्या आरोपी पक्राउ गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् योङहाङको गत आइतवार घर नजिकै घाँटी रेटेर हत्या गरिएको थियो । सितलका प्रेमी समेत रहेका तामाङ बाँस्तोलालाई लिएर करिब एकसाता अघि किशोरीको गाँउ पुगेको अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी प्रमूख नरेन्द्र कुँवर बताउनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नजिकैको सिद्ध मावि कक्षा १० मा अध्ययनरत ती किशोरीलाई अरु कसैले फोन गरेको संका गर्दै तामाङले उनको हत्या गरेको हुनसक्ने पक्राउ परेका वास्तोलाको वयानमा खुलेको पनि प्रहरी स्रोत बताँउछ ।

‘यद्धपी घट्नाको प्रकृति अध्ययन गर्दा तामाङ योङहाङको हत्या गर्ने मनस्थिति सहित उनको गाँउ पुगेको देखिन्छ ।’ प्रहरी प्रमुख कुँवर बताउनुहुन्छ,“हत्याका मुख्य योजनाकार तामाङको खोजी भइरहेको कुँवर वताँउछन । मृतकको वुवा सर्ण योङहाङ भने बैदेशिक रोजगारीका शिलसिलामा चार महिनादेखि दुवइमा छन ।