मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ ।

वृष– दाम्पत्य सुख मिल्नेछ । सरकारी कामबाट फाइदा पाइनेछ । ठूलाबडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमिनबाट फाइदा एवं सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानी सहित कार्य सफल हुनेछ ।

मिथुन –काममा समस्या आउनेछ । मित्रजनबाट धोका हुनेछ । झूठो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । विदेशको रोजगारको फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवं मित्रहरुबाट राम्रो सहयोग पाइनेछ ।

कर्कट– साथीभाइ जमघट बढ्नेछ सामाजिक एवं धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा काममा गडबढी, खानपिनमा समस्या एवं झूठो लाञ्छना आउनेछ । अन्त्यमा भने अधुरा काम बन्ने । विदेशको योग बन्ने एवं ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।

सिंह– समस्यामा परिनेछ । आलोचक अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । छोटो यात्राको योग बन्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । स्त्रीबाट सहयोग एवं साझेदारी लगानीमा फाइदा हुनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, कार्यमा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ ।

कन्या–अध्ययनमा उन्नति हुनेछ । मित्रजनवाट भरपुर सहयोग पाइनेछ । रमाइलोमा खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।

तुला– प्रेममा विवाद बढ्नेछ परिवारसँग मनमुटाव बढ्नेछ ।स्वास्थ्यमो असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यापारमा फाइदा एवं विरोधीबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार झमेलामा मेलमिलाप हुनेछ ।

वृश्चिक– काममा राहत हुनेछ । मातापिताबाट आश्वासन मिल्नेछ । जोस जागर बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवम घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, साझेदारीमा फाइदा एवं सन्तति सुख मिल्नेछ ।

धनु – धनकोे सुख मिल्नेछ । वाणीको प्रभावले काम बन्नेछ । मनमा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । छोटो यात्रा एवं बन्धुबाट सहयोग पाइनेछ । रोजगारबाट फाइदा एवं मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ ।

मकर– व्यापारमा वृद्धि हुनेछ । नयाँ मित्र भेटघाट रहनेछ । ईष्टमित्रबाट सहयोग पाइनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने कार्यभार थपिने, रोजगारीमा फाइदा एवं दिदीबहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

कुम्भ – खर्चले तनाव बढाउनेछ । यात्रामा झमेला पर्नेछ । अरुको विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा सरकारी फाइदा एवम पदप्रतिष्ठाको योग रहेको छ ।

मीन – विदेशको लाभ मिल्नेछ । व्यापारमा फाइदा एवं आध्यात्मिक रुचि बढ्नेछ । स्त्री जातिबाट सहयोग एवं कृषि र पशुकोे कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूलाबडाबाट स्याबासी पाइनेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah