काठमाडौं, ५ जेठ । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बस त्रिशुली नदीमा खस्दा तीन जनाको ज्यान गएको छ ।
धादिङको गजुरी गाउँपालिका बन्छेटार–६ आदमघाटमा आइतबार बिहानै त्रिशुलीमा बस खसेको प्रहरीले जानकारी दिएको छ । मृत्तकको पहिचान र घाइतेको विवरण संकलन भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ । तर दुर्घटनास्थलमा टेलफोन सम्पर्क समेत हुन नसकेकाले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ । नया पेज बाट साभार










