काठमाडौं । झापाको काकरभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको बस आज बिहान त्रिसुलीमा खसेको हो ।

धाधिङ प्रहरीका अनुसार बस धादिङको गजुरी–६ बाट त्रिशुली नदीमा खसेको हो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । यद्यपी अहिलेसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परेको बसको नम्बरसमेत खुल्न नसकेकोले के कारणले दुर्घटना भएको हो र को को सवार थिए भन्ने पहिचान गर्न गाह्रो भएको पनि उनले बताएका छन् । प्रहरी घटनास्थल गिसकेको दर्घटनामा फसेका घाईतेहरुको उद्धार कार्यमा भर्खरै मात्रै लागि पेरेकाले थप जनाकारी आउन सकेको छैन् । न्यूज २४ नेपाल डट टिभी बाट साभार