धादिङ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

दुर्घटनामा परी २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्|

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो।घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका बन्छेटार स्थित त्रशिूलीनदीमा खसेको दुर्घटना ग्रस्त बस । तस्वीर:- सीताराम अधिकारी, रासस, धादिङ

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका बन्छेटार स्थित त्रशिूलीनदीमा खसेको दुर्घटना ग्रस्त बस । तस्वीर:- सीताराम अधिकारी, रासस, धादिङ