थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ ।
डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो ।
कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए ।











