सुसान आचार्य

छोरो बिदेश गएको छ ,केहि पैसा पठाइदेला र ऋण तिरौंला भन्ने आशा त परिवारलाई छँदै छ । परिवारका सदस्य घर फर्केलान र साहुको ऋण तिरेर खुसिसाथ रमाउन सकिएला । पीडासँगै आशाका हर्ष र यस्तै यस्तै परिकल्पनाका साथमा प्रतेक बर्ष अधिकांश नेपालीका ठुला÷साना चाडपर्ब दसै, तिहार, छ्ठ र दिपावली मनाउने अबस्थामा पुग्छन केबल आशामा मात्रै रमाएर ।

पछिल्लो तथ्यांक अनुसार हेर्दा नेपालको जनसंख्याको ५७ प्रतिशत मानिस क्रियाशिल अबस्थामा छन । तर बिडम्बना नेपालको उर्वरभुमिमा ति उर्जाशिल जनशक्तिले आफ्नो पसिना बगाउन पाउदैनन । हो आज अरबको खाडी हरियाली बनिरहेको छ । दुःखद कुरो त उर्जाशिल र कर्मठ युवा जनशक्ति स्वदेशमा रोजगारीको अवसर नपाएपछि त्यही खाडिमा कोहि भेडा गोठमा त कोही तातो बालुवामा काम गर्न बाध्य हुन पुगेका छन । त्यसोत दुःख कष्ट गरेर विदेशी भुमिमा गुलाम बन्न पुगेका होनहार युवा शक्तिको नोकरी पनि भगवान भरोसा नै बन्न पुगेको छ ।

नेपालमा रोजगारी नपाएपछी बिदेशीनुपर्ने बाध्यता बुझेर सरकारले पनि वैदेशिक रोजगारीमा पुगेकाको उचित ब्यवस्थापन गर्नु पर्दथ्यो । तर त्यसो भएन अनि आज कयौ सड्दै छन खाडिमा त कयौंलाई मारेर फाल्दिए विदेशकै झाडिमा, यसो हुनुमा हो हामीपनि जिम्मेवार छौ तर सबैभन्दा बढि जिम्मेवार छ सरकार हुनुपर्छ । विदेशबाट नेपाली ले रगत÷पसिना बेचेर पठाएको रेमिटेन्सको भरमा थेगिएको छ, बिडम्बना सरकार भने यसैमा मख्ख छ । झन्डै ५० लाख भन्दा बढी नेपाली नागरिकले बिदेशी भुमिमा चुहाएको पसिनाबाट मात्र मुलुक चलिरहेको छ ।

रेमिटेन्सको आगमन नै यतिबेला अर्थतन्त्रका लागी भयानक पाटो बनिरहेको छ । उत्पादन मर्दै गएको छ । प्रत्येक बर्ष बजेट रकमभन्दा अरबौ बढि रेमिटेन्स नेपाल भित्रिरहेको छ । तर आखिर कहा खर्च भएको छ यत्रो रकम ?

गाउँको एउटा कामदार ऋण गरेर बिदेश गएको छ । ऋण तिर्नैपर्यो । छोराछोरी ,आमाबाबु ,श्रीमतीलाइ खाने लाउने ब्यवस्थापन र केटाकेटीको स्कुल फि तिर्नैपर्यो ।

हुलका हुल मानिस त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल प्रयोग गर्दै विदेशीएका छन । देश भित्र उत्पादन मर्दै गयो । खेतिपाती गर्न पनि छाडिसके । उत्पादनशील जनशक्ति बिदेशीएपछी यहाँ श्रम गर्न सक्ने र गर्न चाहने जनशक्तिलाइ पनि राज्यले आवश्यक सहयोग र सल्लाह दिन सकेको छैन । नेपालमा भएका केहि जनशक्ति पनि अब बिदेशबाट आफन्तले कमाएर पठाएको पैसाबाट आराम जिन्दगी विताउन चाहन्छन् । उनीहरु श्रम गर्न चाहादैनन ।

स्वदेशमा भएको जनशक्ति पनि अल्छी भएको छ । बिदेशबाट फर्किएपछी अधिकांशले भनेको सुनिन्छ, विदेशीएका नेपालीको श्रम सिप नेपालमा प्रयोग गर्न हो भने नेपालमा सुन फलाउन सकिन्छ । तर खै ? अधिकाशं युवाशक्ति बिदेशीन नै उदित छ । अधिकाशंको एउटै उत्तर आउँछ ,मुलुकमा काम गर्न वातावरण छै । तर वातावरण कस्ले बनाउने ? हामी पनि स्वदेशमा श्रम गर्न लाज मान्छौ आखिर किन ? सबै वातावरण बनाउने हामीले नै हो । हामी बिग्रीएकै अरुको मुख ताक्नाले हो ।

आजको अबस्थामा एकातिर राष्ट्रको बजेट समेत मागेर चलाउनुपर्ने, अर्कातिर राष्«को अर्थतन्त्र बिदेशमा बस्ने नेपालीले धान्ने यस्तो अबस्थामा हामी र राष्ट्र । वाह मेरो देश, वाह हामी नेपाली ।

अब सरकार वा गरिबी निवारण मन्त्रालले पनि भन्न सक्नुपर्छ, हामी सहयोग गर्छौ युवा अघि बढनुस यहा कतिपय त गर्न खोज्दा सहयोग नमिलेरै निराश भएर बसेका छन ।
सरकारले स्पष्ट योजना दिन आवश्यक छ । संसारमा यति ठुला परिवर्तन भएको छ त, केहि गरेर नै भएको छ । बिदेशबाट आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगाउ । कसैलाई पशु, पंन्क्षि पालन, कसैलाई जलविद्यु मा काम गर्न अवसर देउ । जहाँजहा जे­–जे उत्पादन हुन्छ त्यहि काम गरौं । जोसाग जे सिप छ, तयहि गरौं । कामलाई ठूलो सानो नठानौं । यसले बिदेशीएको पैसालाइ रोक्न मद्धत गर्छ ।

अब यसरी नै सरकारले पनि ठोस कार्यनीति बनाएर अगाडि ल्याउनु पर्यो बिदेशीएको शक्तिलाई रोक्नु पर्यो, ताकी आगामी दिनमा, लाहुरे संस्कारबाट नेपाललाई बचाउन सकियोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय