बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।
तौल कम गर्छः
बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।
एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुरः
बदाममा एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा हुने भएकाले स्ट्रोक र मुटुसम्बन्धि समस्याको खतरालाई कम गर्छ । बदाममा पाइने ट्रिप्टोफेनले डिप्रेशनको समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ ।
फाइटोस्टेरोलको मात्रा अत्यधिकः
बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट जोगाउँछ । अमेरिकामा भएको एक अनुसन्धान अनुसार हप्तामा कम्तीमा दुईपटक बदामको सेवन गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो ।
मेंगनिजका साथै मिनरल्स पनि पाइन्छः
बदाममा मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ । यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियम एब्जोप्र्शन र ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । विभिन्न शोधको रिपोर्ट अनुसार बदामको सेवनले मधुमेहको खतरा २१ प्रतिशत कम हुने गर्छ । यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट पाइन्छः
बदाममा मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट भरपुर मात्रामा पाइन्छ । विशेषगरी बदाममा पाइने फोलिक एसिडले रगतमा ब्याड कोलेस्ट्रोललाई कम गर्दै गुड कोलेस्ट्रोलको स्तर बढाउने गर्छ । यसले शरिरमा कोलेस्ट्रोलका स्तरलाई पनि ब्यालेन्स गर्नुका साथै कोरोनरी आर्टरी डिजिजबाट शरिरलाई सुरक्षित राख्ने गर्छ ।
फोलिक एसिडको स्रोतः
बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने बदाम खान सुरु गरिहाल्नुहोस् । यसको शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।
अन्य फाइदाः
विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्था अघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदामको सेवन गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ । यसबाहेक बदामको सेवनले शिशुमा दम हुने खतरा पनि कम हुन्छ ।
छालाका लागि उत्कृष्टः
बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।
भिटामिन सी भरपुरः
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।
बदाम खानुका फाइदा :
सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका बदाम निकै फाइदाजनक हुन्छ ।
यसका केही फाइदा यस्ता छन् :
क्यान्सरबाट बचाउँछः
बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट जोगाउँछ ।
डायबिटिजबाट जोगाउँछ :
बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ।
मुटुसम्बन्धी रोगमा कमी :
बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।
वजन नियन्त्रणः
बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ। मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।
डिप्रेसनबाट जोगाउँछः
बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।
छालामा चमकः
बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ। बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।
कोलेस्टेरोल नियन्त्रणः
बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।
गर्भवती र शिशुलाई फाइदाः
बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।
बदाम किन दिनहु सेवन गर्नु पर्छ ?
बदाम स्वादका साथै मानब स्वास्थ्यलाई लाभ पुर्याउने बिभिन्न गुणहरु हुने गर्दछ । बदामलाई सस्तो काजुपनि भनिन्छ । बदाम बिभिन्न प्रकारले उपभोग गर्न सकिन्छ । यसको तेलपनि स्वाद र स्वास्थ्यकोलागि एकदम प्रचलित छ । बदामलाई प्रोटीनको सबैभन्दा सस्तो बनस्पतिको रुपमा लिईन्छ । यसमा प्रोटिनको मात्रा मासु भन्दा दुई गुणा, अण्डामा भन्दा ३.८ गुणा, फलफूल भन्दा १२ गुणा हुन्छ । १०० ग्राम बदाममा एक लिटर दुध बराबरको प्रोटिन हुन्छ ।
बदाम आइरन,नियासिन, फोलेट, कैल्शियम र जिंकको राम्रो स्रोत मानिन्छ । थोरै मात्र बदामको दानामा ७४० क्यालरी,८ ग्राम कार्बोहाइड्रेट , ३० ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन ई,के ,र बी ६ को मात्रा पर्याप्त हुन्छ ।
यी हुन् बदामका दस फाइदा -:
१. बदाममा तेलको मात्रा बढी हुनाले यसले पेटको बिमारीबाट बचाउछ । बदामको नियमित सेवनले कब्ज जस्तो समस्या हुदैन । साथै ग्यास र एसिडिटीको समस्याबाट राहत मिल्दछ ।
२. बदाम खोकीको लागि उपयोगी मानिन्छ । यसको नियमित सेवनले आमाशय र फोक्सोलाई मजबुत बनाउछ । पंचन शक्ति बढाउने र भोक नलाग्ने समस्या अन्ते गर्दछ ।
३. गर्भवती महिलाले नियमित बदाम सेवन गरे गर्भको शिशुको विकासमा मद्दत पुग्दछ ।
४. बदाममा ओमेगा-६ फ्याट भरपुर मात्रामा हुन्छ ।जो स्वस्थ कोशिका र सुन्दर त्वचाको लागि राम्रो हुन्छ ।तेसैले बदाम स्किन बनाउनको लागि पनि सेवन गरिन्छ ।
५. खाना खाएपछि ५० वा १०० ग्राम बदाम नियमित खानाले शरीरलाई फाइदा हुन्छ र भोजन पचाउनका साथै शरीरमा रगतको कमी हुनबाट बचाउछ ।
६. हप्ताको पाँच दिन बदाम खानाले मुटु रोगको खतराबाट बच्न सकिन्छ ।
७ .बदाम खानाले कोलस्ट्रल कन्ट्रोल हुन्छ ।यसको सेवनले कोलस्ट्रलको मात्रामा ८.२ प्रतिशत हुन्छ ।
८ . बदाममा प्रोटीन, फाइबर, खनिज भिटामिन र एन्टीअक्सिडेट प्रचुरमात्रामा पाईन्छ । त्यसैले यसको सेवनले स्किनलाई लामो समय सम्म ताजा राख्दछ ।
९ . क्याल्सियम र भिटामिन डी अधिक मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हड्डी मजबुत बनाउदछ ।
१०. नियमित बदाम सेवनले महिला र पुरुषको हर्मोनलाई सन्तुल बनाईराख्दछ ।
के खाने त गर्भावस्थामा ?
गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ। गर्भावस्थाको बेला नियमित तवरमा डाक्टरलाई जचाउँदा आमाको मृत्यु हुने खतरा कम हुन्छ। क्लिनिक र अस्पतालहरू नियमित रुपमा जाने सुविधा नभएका देशहरूमा समेत राम्रो प्रशिक्षण पाएका सुँडिनीहरू उपलब्ध हुन सक्छन् ।
गर्भावस्था महिलाको संवेदनशील अवस्थामा पर्दछ । यस्तो बेला गर्भवती महिलाले आफू र आफ्नो गर्भमा रहेको बच्चाका लागि समेत ध्यान दिएर खानपानको व्यवस्था मिलाउनुपर्ने हुन्छ । गर्भवती आमा कुपोषित भएमा गर्भको बच्चाले पनि आवश्यक पोषण तत्व प्राप्त गर्न सक्दैन । यस्तोबेलामा पोसिला कुराहरुको आवश्यक पर्ने हुन्छ ।
गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने
भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)
वाकवाकी घटाउन के खाने ?
– बिहान ओछ्यानबाट बिस्तारै उठ्ने ।
– भुटेको, कुरुम–कुरुम हुने खानेकुरा खाने ।
– चुइङगम वा चकलेट खाने ।
– थोरै–थोरै तर पटक–पटक खाना खाने ।
– कडा बास्ना भएको खाना भरसक नखाने ।
कब्जियत घटाउन के खाने ?
– रेसादार खाना खाने ।
– दैनिक शारीरिक श्रम गर्ने ।
– एक दिनमा कम्तिमा आठ गिलास पानी तथा अन्य तरल पदार्थ पिउने ।
– दिशा लाग्नेबित्तिकै दिशा गर्ने ।
– दिशा लगाउने औषधि डाक्टरको सल्लाहले मात्र प्रयोग गर्ने ।
– मसलेदार तथा चिल्ला खानेकुरा नखाने ।
– अग्लो ठाउँ (कुर्सी, खाट आदि) मा बसेर खाने ।
– खाना खाएको एक घन्टासम्म नसुत्ने ।
– खाना खाएको दुई घन्टासम्म कडा परिश्रम, शारीरिक व्यायाम नगर्ने ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।



