दमक/झापाको दमकस्थित पुर्व पश्चिम राजमार्ग चिया बगान खण्डमा केहिबेर अघि सवारी दुर्घटना भएको छ ।
बसले मोटरसाइकललाइ ठक्कर दिदा एक गम्भिर घाइते बनेको र एक सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार ना ५ ख ४५०० नम्बरको बसले सोहि एकैदिशातर्फ गइरहेको मे ४ प ९९७१ नम्बरकोे मोटरसाइकललाइ ठक्कर दिएको हो ।
मोटरसाइकल चालक दमक ४ का शेरबहादुर राइ गम्भिर घाइते बनेकाछने ।
पछाडि सवार राइकी श्रीमति नीलकुमारी सामान्य घाइते रहेको पनि जनाईएको छ ।











